काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग भिड्ने भएको छ ।
नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ ।
सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच आइतबार फाइनल खेल खेलिने छ ।नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो ।
त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो । प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो ।
ने
पाल र यूएईबिच हालसम्म नौवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा नेपाल र चार खेलमा यूएई विजयी भएका छन् । घरेलु मैदानमा नेपालले तीन र यूएईले एक खेल जितेका छन् । प्रतिद्वन्द्वीको घरेलु मैदानमा नेपालले दुई र यूएईले एक खेल जितेका छन् । ‘न्यूट्रल भेन्यू’ मा भने यूएईले दुई खेल जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया