युट्युबले हजारौं भिडियो हटाउँदै, यस्तो छ प्रावधान

एजेन्सी । क्यालिफोर्निया । युट्युबले  आफ्नो प्ल्याटफर्मबा टविभेदकारी सामग्री हटाउने जनाएको छ ।

जसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ । बुधबार युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको  घोषणा गरेको हो । 
युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्लेख गर्दै सो कम्पनीले घृणा, दुव्र्यवहार, विभेद र हिंसाबाट कम्पनीलाई जोगाउनु आफ्नो जवाफदेहिता भएको जनाएको छ । 

यो नयाँ प्रावधान अनुसार उमेर, लिंग, जात, धर्म, यौन प्रशिक्षण वा भेटरान स्ट्याटस लगायतका सामग्रीलाई प्रतिबन्ध लगाइनेछ । त्यसमा नाजिवादको प्रवद्र्धन तथा घृणाको अभिव्यक्ति पनि पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?