नेपाल ताईपेसंग भिड्दै कस्ले मर्ला बाजी ?

काठमाडौ‌ । नेपालको राष्ट्रिय फुटबल टिमले मैत्रीपुर्ण फुटबल खेलमा आज बिहिबार चाईनिज ताईपेसंग प्रतिस्पर्धा गर्दैछ ।

ताईवानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ । विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपे पुगेको हो । गत आईतबार नेपालले मलेसियासंग मैत्रीपुर्ण फुटबल खेलेको थियो । सो खेल नेपालले २–० ले गुमाएको थियो ।

फिफा वरियतामा नेपाल भन्दा माथि रहेको चाईनिज ताईपेविरुद्व समेत नेपाली टिमले कडा चुनौती पेश गर्ने प्रयास गर्नेछ । मलेसियामा लयमा बिगारेको नेपाली टिम ताइवानमा उत्कृष्ट प्रर्दशनको प्रयास गर्नेछ ।

फिफा वरियतामा ताईपे १ सय २५ औ स्थानमा छ । वरियतामा नेपाल १ सय ६१ औ स्थानमा छ । नेपाल आफु भन्दा ३६ स्थान माथि रहेको ताईपेसंग मैत्रीपुर्ण फुटबल खेल खेल्न लागेको हो । मलेसियामा हुदाँ चोट बोकेको फरवार्ड अन्जन विष्ट नेपाली टिममा देखिने छैनन् ।

ताइवानमा खेलको अघिल्लो दिन सञ्चारमाध्यमसंग कालिनले भनेका छन्, ‘हामीसंग बलियो युवा टोली छ । राम्रो सुरुवात गर्ने अपेक्षा गरेका छौ । खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । यो हाम्रो लागि निकै राम्रो अनुभव हुनेछ । अपेक्षा छ, हामी यसलाई पार गर्न सक्नेछौ ।’

‘खेलाडीमा एकाध चोटको समस्या छ । फरक खेलाडीलाई परिक्षण गरिरहेका छौ । हामीसंग निकै रोमाञ्चक टोली भएको महशुश गरिरहेका छौ ।’ कालिनले भनेका छन् ।

‘सधै खेलाडी फिट भएको हेर्न चाहन्छु । तर यो सम्भव समेत हुदैन । जति खेलाडी छन्, म खुसी छु ।’ कालिनले भनेका छन्, ‘पछिल्लो समय हामीले मलेसियासंग खेलेका थियौ । हामीले गोल गर्न सकेनौ । अपेक्षा अनुसार खेल्न सकेनौ । कुवेतमा एक जित र एक हार ब्यहोर्यौ । तर म टिमको प्रर्दशनबाट खुसी छु । प्रर्दशन र फर्मका आधारमा विपक्षी निकै बलिया थिए । र विश्वकप छनोटमा निकै कठिन प्रतिद्वन्दी हुनेछन् । त्यस समयसम्म आफुलाई सुधार गर्ने प्रयास गर्नेछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?