विश्व शान्तिको कामना गर्दै यस्तो काम !

काठमाडौं । बूढानीलकण्ठ १० कपनमा बाह्रदिने महायज्ञको निरौला बन्धु सेवा समाजले विश्व शान्तिको कामना गर्दै आयोजना गरेको छ ।

निरौला बन्धु परिसर नीलोपुलमा पितृ उद्धार गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको समाजका सहसचिव सुरेश निरौलाले बताए । “महायज्ञबाट सङ्कलित रकमबाट समाजको भवन व्यवस्थापन गर्ने उद्देश्य राखिएको छ” उनले भने । यही जेठ २१ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३२ गते सम्पन्न हुनेछ ।

महायज्ञमा स्वामी मनमोहन मुरारी दास र पण्डित दयाराम  निरौलाले कथा वाचन गरेका छन् । जेठ २१ गते उद्घाटन भएको महायज्ञमा कलशयात्रा गरिएको थियो भने जेठ २२ गते मण्डपपूजा गरिएको थियो । आगामी दिनहरुमा नियमित पूजापाठ र कथावाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?