मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । बिजुली बजारमा आज भएको सवारी दुर्घटनामा परिएकको ज्यान गएको छ भने अर्का एक जना घाइते अवश्थामा छन् ।  

बा ४१ प ५३६ नंको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा  मोटरसाइकलचालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उक्त अस्पतालका चिकीत्सकले जानकारी  दिए ।

दुर्घटना आज बिहिबार बिहान ४ः३० बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइकल चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?