कैलालीमा हुरीका कारण २ को मृत्यु, ७६ घाइते

काठमाडौं । बिहीबार राति आएको हुरीका कारण सुदूरपश्चिमको कैलालीमा जनधनको क्षति भएको छ । हुरीका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ भने ठ६ जना घाइते भएका छन् । 
घटनामा चार जना गम्भीर घाइते  भएका छन् । ती मध्ये २ जनालाई भारत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृत्यु हुनेमा  टिकापुर नगरपालिका–२ मा पोल्टी फार्मको पर्खाल भत्किँदा लहानु दोगौंराको मृत्यु भएको र  हावाहुरीका कारण कैलालीको गोदावरीमा मोटरसाइकल र टिपर अनियन्त्रित भई ठोकिँदा मोटरसाइकल चालक गोदावरी–८ जमुना भाडी माझगाउँका वीरबहादुर चौधरीको मृत्यु भयो । घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्याय प्रहरी निरीक्षक प्रकाश धामीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?