हिमाल चढ्दै हुनुहुन्छ ? सचेत हुनुहोस्

काठमाडौं । बिहीबार राति बर्षासहित आएको आँधीहुरीले कैलालीमा दुई जनाको ज्यान गयो । हुरीले भौतिक संरचना भत्कनुका साथै रुख लड्दा ७६ बढी घाइते भए । कैलालीमा मात्रै हैन काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हुरीसहित बर्षा भयो । 

अहिले काठमाडौंको मौसम सफा छ बिहान करिब ७ बजेबाट मौसम खुलेर घाम लागिरहेको छ । तर केही समय घाम लागे पनि सचेत हुनुपर्ने अवस्था रहेको मौसमविद्ले जनाएका छन् । तत्काललाई मौसम खुले पनि फेरि हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिए । केही उच्च हिमाली भेगमा हिमपात पनि हुने भएकाले हिमाल चढ्न नजान पनि उनको सुझाव छ । पश्चिमको मौसम भने एकैछिन खुल्दै बदली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?