प्राकृतिक विपत्ति : कतै हावाहुरी, कतै पहिरो

काठमाडौं । बिहीबार रातिबाट बर्षासहित आएको हावाहुरीले देशका विभिन्न ठाउँमा प्राकृतिक विपत्ति निम्तिएको छ । हुरीका कारण कैलालीमा दुई जनाको मृत्यु भयो भने सय बढी घाइते भए । बर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग नै अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।
 
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् । 

अहिले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  सडक अवरुद्ध बन्दा सयौं सवारी अलपत्र परेका छन् । स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने काम भइरहेकोले अबको केहि समयमा खुल्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?