भारतमा पनि आँधीहुरी, १८ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशमा आएको हावाहुरीसहितको वर्षा र चट्याङका कारण १८ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मैनापुरीमा ६ जना, एटा र कासगंजमा ३–३ जना तथा मुरादाबाद, महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जना रहेका छन् ।

बिहीबार दिनभर प्रचण्ड गर्मी भएको र साँझ ७ बजे एक्कासी मौसम परिवर्तन भई हावाहुरी चलेको भारतीय अधिकारीले जनाएका छन् ।  कतिपय ठाउँमा असिना परेको छ । हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

 हावाहुरीका कारण घरहरु भत्किँदा ५० जना भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् । नेपालमा पनि हुरीको दुईको ज्यान लिएको छ भने सय बढी घाइते भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?