पेट्रोलियम पदार्थ भण्डारका लागि सरकारसँग अपिल

सुर्खेत । पेट्रोलियम पदार्थ भण्डारका लागि कर्णालीमा सरकारले पहल सुरु गरेकोे छ ।

कर्णालीमा अहिलेसम्म कुनैपनी पेट्रोलीयम पदार्थ भण्डार नभएकोले पहल सुरु गरिएको हो । पेट्रोलियम पदार्थ व्यवस्थापन तथा कारोबार सम्बन्धी मुख्यमन्त्रि महेन्द्रबहादुर शाही र उच्चस्तरीय कार्यदल बीच आज शुक्रबार उक्त विषयमा छलफल भएको छ ।

भेटवार्ताकै क्रममा मुख्यमन्त्रि शाहीले आपूर्ति तथा उद्योग वाणिज्यमन्त्री मातृका यादवलाई प्रत्यक्ष फोनमा कुरागरी भण्डारको लागि फाइल अगाडि बढाइदिन विन्ती गरे । कर्णालीमा हालसम्म पनि पेट्रोलियम पदार्थ नभएको भन्दैै मुख्यमन्त्रि शाहिले अप्ठ्यारो परिस्थितिमा यस क्षेत्रमा भण्डारको आवश्यकता धेरै रहेको कुरा बताए ।

जग्गा प्राप्तिका लागि कार्यदलको टोलीले सहजीकरण गरिदिन मुख्यमन्त्रि शाहिलाई आग्रह गरेका थिए । मुख्यमन्त्रि शाहिले आसपासका जिल्लाहरुलाइ सजिलो पर्नेगरी सुर्खेतको छिन्चुमा भण्डार केन्द्र राख्न जग्गाको आफुले संघिय सरकारसँग पहल गर्ने बताए ।

अनुदानको लागि उनले पेट्रोलियम पदार्थ उपभोग गर्ने उपभोक्ताहरुको अवस्था हेरी व्यवीस्था गर्न योे पहल आवस्यक रहेको बताए । वार्तामा पेट्रोलियम पदार्थको व्यवस्थापन तथा कारोवार सम्बन्धी दिर्घकालीन नीति सुधार सम्बन्धी उच्चस्तरीय कार्यदलका सदस्यहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?