प्रधानमन्त्री रोजगार कार्यक्रम प्रारम्भ

काठमाडौं । भक्तपुरको सुर्यविनायकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अभियान प्रारम्भ गरेका छन् ।

भक्तपुरका सबै नगरपालिकामा आज शुक्रबार बोल्दै प्रधानमन्त्री ओलीले सरकार विरोधी केही तत्वहरु सक्रिय रुपमा लागेतापनि ति कुनै हालतमा सफल नहूने दावी गरे ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमनत्री ओलीले उक्त कार्यक्रम लागू गरेको बताए ।

कार्यक्रमकोे पहिलो चरणमा  लगभग १५ सय यूवाहरुको नाम सूचीमा दर्ता गराएका मध्ये  ३ ओटा भक्तपुुर नगरपालिकाका झण्डै ७ सय बेरोजगार युवाहरुले रोजगार पाएका छन् ।

उक्त अवसरमा कार्यक्रममा आबद्ध युवाहरुलाई सावेल लगायतका उपकरण हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले सूवर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको प्रारम्भ पनि गरेका थिए ।

उक्त कार्यक्रममा ४ वटै नगरपालिका सहभागी हुने भनिएतापनी भक्तपुर नगरपालिकाको सहभागिता थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?