नुवाकोटमा लोपोन्मुख सालक भेटिएपछि…..

नुवाकोट ।  नुवाकोटको विदुर–५ स्थित पिपलटारको ठूलोगाउँमा बिहान जङ्गलबाट आइरहेको एक लोपोन्मुख सालक भेटिएपछि स्थानीयवासीले प्रहरीमा बुझाएका छन् ।गाउँ नजिकैको जङ्गलबाट बाहिर आएको सालकलाई कुकुरले आक्रमण गरिरहेको अवस्थामा स्थानीयवासीले बचाएर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फँुयालले बताउनुभयो । उहाँका अनुसार सालक विहानीपख खेल्दै जङ्गलबाट बाहिर निस्केपछि कुकुरले हमाला गर्न थालेको थाहा पाएर  स्थानीयवासी दीपेन्द्र पौडेललगायतको टोलीले बचाएर प्रहरीलाई बुझाएका थिए  ।

 प्रहरीले सालकलाई जिल्ला वन कार्यालयमा बुझाएको छ । वन कार्यालयले सालकलाई नजिकको  वन, वनदेवीमा लगेर छाडिदिने जनाएको छ ।  लोपोन्मुख सालक रेडपाण्डा जतिकै महत्वको रहेको उक्त  कार्यालयले जनाएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?