अमेरीकी प्रतिबन्ध पछि ईरानले यसरी गर्छ तेल निर्यात

एजेन्सी । अमेरीकाको प्रतिबन्धपछि पनि इरानले मुलुकको तेल उत्पादनलाई निर्यातमा निरन्तरता दिइरहेको बताएको छ ।

अमेरीकाको प्रतिबन्ध पछी उक्त देशको पेट्रोलियम पदार्थ खरिदमा अनय मुलकहरु डराएछि इरानले आफ्नो मुलुकको उत्पादनलाई फरक तवरले विभीन्न बजारमा निर्यात गरिरको छ । ईरानी तेलमन्त्री बिजान नाम्दारले जान्गानेहले स्थानीय पत्रकिालाई शनिबार दिएको अन्तवार्तामा खबर छ ।

फरक तरिका अपनाएर तेल विक्री  गरिदै छौ, कुन तरिका अपनायो भन्ने कुरा गोप्य राखिएको समाचार छ । उक्त गोप्य कुराको जानकारी अमेरिकालार्इ भएमा अमेरीकाले यसलाई तत्काल रोक्ने भएकाले यसलाइ खुलासा नगरीयको तेलमन्त्रीको भनाइ छ ।

कती तेल र कहाँबाट कसलाई तेल विक्री गरिदैछ भन्नेबारे विस्तृत जानकारी खुला गरेपछि मात्र यसको बारेका बताइने तेलमन्त्री बिजान नाम्दारले उल्लेख गरे । विश्व शक्ती राष्ट्रहरुले  इरानसँग आणविक सम्झौता गरेपनि अमेरीका औपचारीक रुपमा फिर्ता भएको घोषणा गत वर्षको मे महिनामा भएको थियो ।

त्यसपश्चात ह्वाइट हाउसले नयाँ सम्झौता गर्न दवाब दिन पहिलेका प्रतिबन्धमाथि इरानलाई थप कडाइ गरेर नयाा प्रतिबन्धको घोषणा अमेरीकाले गरेको थियो । गत वर्ष अक्टोबरमा इरानले हरेकदिन १५ लाख ब्यारेल तेल निर्यात रहेको र नयाँ प्रतिबन्धपछि ५० प्रतिशत कमी देखिएको ब्लुमवर्गले आफ्नो समाचारमा छापेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?