सैनिकको रक्तदानबाट गर्भवतीको ज्यान जोगियो

काठमाडौं । ‘एबी नेगेटिभ’ रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकको रगतले बचाएको छ । 
    
दोस्रो बच्चा जन्म दिने तरखरमा रहेकी सप्तरीको कञ्चनरुप नगरपालिका ४ रुपनगर निवासी सुरेशकुमार मेहताकी २९ वर्षीया श्रीमती चम्पाकुमारी गर्भवती भई गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना हुँदा उनको शरीरमा ‘एबी नेगेटिभ’ रगत अभाव भएको थियो । विरलै पाइने सो रगत अस्पताल परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा नपाइएकाले चम्पाकुमारीको परिवार अप्ठेरोेमा परेको थियो ।

रक्त सञ्चार केन्द्रले नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट उक्त समूहको रगत नपाएपछि भीमदल गणमा अनुरोध गर्दा उक्त गणका सिपाही बकासि राजेन्द्रबहादुर रावलले रक्तदान गरेकाले चम्पाकुमारीलाई बचाउन अस्पताल सफल भएको गणपति गुप्तबहादुर कुँवरले जानकारी दिए ।

रगत पाएपछि उनले सफलतापूर्वक शिशु जन्माएकि थिईन। एबी नेगेटिभ रगत १०० मध्ये एक जनामा मात्रै पाइने जानकारहरु बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?