होस्टलहरुमा लागुऔषध र मदिरा निषेध गर्न माग

लोकपथ
35
Shares


काठमाडौं । नेपाल होस्टल एशोसिएशनका अध्यक्ष अर्जुन पराजुलीले सरकारी कार्यालय, कलेज, अस्पतालहरु जस्तै होस्टलहरुमा पनि लागुऔषध र मदिरा निषेध गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेपाल होस्टल एसोसिएसनको केन्द्रीय कार्यसमितिको ११औं वार्षीक साधारण सभा तथा छैटौं अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष्य पराजुलीले नीजि क्षेत्रमा संचालित छात्राबासहरुलाई मर्यादित, व्यवस्थित, सुरक्षित र निर्भिक बनाउँदै व्यवसायीहरुले तिर्दै आएको घरबहाल कर घरधनीले नै तिर्नुपर्ने नीतिगत व्यवस्था गर्न काठमाडौं महानगरलाई मागपत्र बुझाएर निरन्तर ताकेता गरिरहेको बताए ।

उनले भने, ‘सरकारी कार्यालय, कलेज, अस्पतालहरु जस्तै होस्टलहरुमा पनि लागु औषध र मदिरा निषेधित क्षेत्र स्थापित गर्न नीजि क्षेत्रमा संचालित छात्राबासलाई व्यवस्थित, मर्यादित र सुरक्षित र निर्भिक बनाई होस्टलहरु व्यवस्थापनमा एकरुपता बनाउने उद्देश्यले २०८० वैशाख ६ गते होस्टन व्यवसायहरुले तिर्दै आएको घरबहाल कर धरधनीले तिर्नुपर्ने नितीगत व्यवस्था गरिदिन, होस्टल व्यवसाय शौक्षिक क्षेत्र भएकोले सोही अनुरुप व्यवसाय करमा अधिकतम छुटको व्यवस्थ गर्न र काठमाडौं महानगर भित्रका घरहरुको घरबहाल कर क्षेत्रगत रुपमा निर्धारण गरी कार्यान्यन गराउन डेनिमेशनसहित लिखित माग पत्र दर्ता गराएका छौं र त्यसको कार्यान्वयका लागि निरन्तर ताकेता गरिरहेको छु ।’

काठमाडौं महानगरसँगको पटक पटकको छलफल पछि छात्राबास (होस्टल) संचालन मापदण्ड २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्न सफल भएको उल्लेख गर्दै उनले राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्वेक्षण २०८० कार्यन्वयनका लागि पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?