बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको मृत्यु भएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक दिपेश राईको मृत्यु भएको हो ।
घटनास्थलमा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रकाश जवेगुले जानकारी दिए । दुर्घटनामा अर्का एकजना गंभीर घाइते भएका छन् । घटनामा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको उनले बताए ।
बेहोस भएको अवस्थामा घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ । दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरुलाई जानकारी गराइएको छ । गाडी घटनास्थलमा नै रहेको डीएसपी जवेगुले बताए ।
इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साईड भिरबाट पल्टिई दुर्घटना हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया