काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री रविन्द केजरीवाल लोक सभाको निर्वाचनको अन्तिम चरणसम्म १ जुनसम्म अन्तरिम जमानतमा छुट्ने भएका छन् ।
भारतको सर्वोच्च अदालतले शुक्रबार मुख्यमन्त्री केजरीवाललाई ठूलो राहतमा १ जुनसम्म अन्तरिम जमानत छोड्न आदेश दिएको हो ।
न्यायाधीशद्वय सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले दुवै पक्षको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।
चलिरहेको लोकसभा चुनावलाई ध्यानमा राख्दै अन्तरिम जमानत दिइएकोमा प्रवर्तन निर्देशनालयले भने सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ ।
उसले चुनावको लागि प्रचार गर्न केजरिवाललाई संवैधानिक अधिकार नभएको बताएको छ ।
जुन १ सम्मको अन्तरिम जमानतको अर्थ मे २५ मा दिल्लीमा मतदान हुँदा केजरीवाल जेलबाट बाहिर हुनेछन् । जुन २ मा केजरीवालले आत्मसमर्पण गर्नुपर्नेछ । उनी मतगणना र नतिजा आएको दिन पुनः जेल जानेछन् ।
केजरीवाललाई अहिले खारेज गरिएको अन्तःशुल्क नीतिसँग जोडिएको मनी लान्ड्रिङ मुद्दामा मार्च २१ मा पक्राउ गरिएको थियो । अन्तरिम जमानतको अर्थ उनी एक महिनापछि तिहाड जेलबाट बाहिरिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया