काठमाडौं । संसदको अवरोध फुकाउन विकल्प खोज्न सक्रिय रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलका दुइ नेतासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बिहीबारको प्रतिनिधि सभा वैठक सञ्चालन बारे छलफल गरे पनि कुनै निष्कर्ष भने निस्किएन ।
संसदीय छानबिन समिति गठन गर्ने कि अरु नै विकल्प निस्कन सक्छ भनेर तीन नेतावीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयबाट थाहा भएको छ ।
प्रधानमन्त्रीले आजै बिहान सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए । संसदको अवरोध हटाउने बारेमा सत्ता पक्षका दलहरूले नै एउटा विकल्प तयार गर्न सभामुखले सुझाएका थिए ।
प्रतिनिधि सभाको बैठक भोलि बिहीबार ११ बजे बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबने भोलिको बैठक पनि अवरोध गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया