पर्सा । आफनै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा आमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका–१३ बाट मंगलबार पक्राउ गरेको हो ।
आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ ।
भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल पर्सा वीरगंजमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरको हो ।
जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी माथी ज्यान सम्बन्धी मद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया