काठमाडौं । वैदेशिक रोजगारीमा ओमान पठाईदिने प्रलोभन देखाई भिजिट भिसामा ओमान पुर्याई मानव बेचबिखन गरेको अभियोगमा
एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही रोहिणी गाउँपालिका–४ ठेगाना भएका ५१ वर्षीय समसुद्दिन खाँ पठान रहेका छन् ।
पीडितको आफन्तको उजुरीको आधारमा आमानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलोले उनलाई काठमाडौं टोखा नगरपालिका–९ शिवचोकबाट बिहीबार पक्राउ गरेको हो ।
पठानले फ्रि भिसा र फ्रि टिकटमा ओमानमा मासिक ४० हजार रूपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाउदै ओमान पठाईदिने भनि काठमाडौंबाट भारत पुर्याई भारतको मुम्बईबाट पीडितलाई २०७९ चैत ९ गते भिजिट भिसामा ओमान पुर्याएको र ओमान पुगेपछि ओमानी नागरिकको घरमा पुर्याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।
उक्त ब्यूरोको पहलमा पीडितलाई वैशाख १८ गते नेपाल फिर्ता ल्याइएको छ। उनी माथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया