जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकपथ
7
Shares

झापा । झापामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलामको इलाम नगरपालिका–१० बस्ने ३० वर्षीय एलेन क्षेत्री भन्ने लेखनाथ कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती महिलालाई झापा अर्जुनधारा नगरपालिका–११ स्थित आठराई पाँचथर होटल एण्ड लजको कोठाभित्र सोमबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?