काठमाडौं । नागरिकता दुरुपयोगको आरोपमा पक्राउ परेका कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि म्याद थप्न अदालत लगिने तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका सिरोहियामाथि नागरिकता दुरुपयोगको कसुरमा म्याद थप गर्न धनुषा जिल्ला अदालत लैजान लागिएको हो ।
नागरिकता दुरुपयोग गरेको उजुरी परेपछि धनुषा प्रहरीले अनुसन्धानका लागि सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई बुधवार साँझ कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।
बुधवार साँझ नै अपराध महाशाखाको प्रहरीले सिरोहियालाई धनुषा लगी धनुषा प्रहरीको जिम्मा लगाएको थियो ।
यतिबेला धनुषा प्रहरीको नियन्त्रणमा रहेका सिरोहियासँग दोहोरो नागरिकता नम्बर र बंशज वा अंगीकृत के कस्तो प्रकृतिको नागरिकता हो भन्ने सम्बन्धमा अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भएको छ । प्रारम्भिक सोधपुछ गरी सिरोहियालाई म्याद थपका लागि अदालत लगिने धनुषा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया