ठगी, अपराध तथा विश्वासघात सम्बन्धी कसूर मुद्धाका प्रतिवादी पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूर मुद्धाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट न.पा.१४ घर भई हाल स्वयम्भु बस्ने ३६ वर्षीय मनिश कार्की भनेर चिनिने मनिलाल बि.क रहेका छन् ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कार्यालयबाट खटिएको प्रहरी टोलीले बि।कलाई बुधबार स्वयम्भुबाट पक्राउ गरेको हो ।

“ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर” मुद्दामा जिल्ला अदालत कास्कीले २०८१ वैशाख २ गते पक्राउ पुर्जी जारी भई बि.क फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पश्चात बि.कलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बिहिबार जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?