काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन र कार्यादेशका विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ ।
शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।
बैठकमा कार्यदलका सदस्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।
कार्यदलका सदस्यले शनिबारको बैठकमा छलफल सकारात्मक भए पनि टुंगोमा पु-याउने बाँकी काम आइतबार बस्ने शीर्ष नेताबीचको बैठकले टुंगो लगाउने जनाएका थिए ।
आज सरकारले जेठ १ गते संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि छलफल सकेर दुवै सदनबाट पारित गरेर अघि बढ्ने रणनीति बनाएको छ । जसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक पनि साढे ११ बजे का लागि डाकेको छ ।
बिहान बस्ने शीर्ष नेताबीच सहमति हुन नसके आजको संसद् बैठकमा पनि कांग्रेसले अवरोध गर्न सक्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया