काठमाडौं । मङ्गलवार १ बजे बस्ने भनिएको संयुक्त सदनको बैठक दुई घण्टा पछि सरेको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।
बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।
यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ ।
सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया