काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अतर्थमन्त्री वर्षमान पुनले वि.स. २०७२ साल र त्यसपछि पटक पटक गएको भूकम्पपछि पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको बताएका हुन् ।
त्यस्तै, सरकारले हुलाकी राजमार्ग, पुस्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग तथा उत्तर दक्षिण करिडोर क्षेत्रमा प्रदेश, स्थानीय तह र नीजि क्षेत्रको लागत साझेदारीमा स्थानीय सम्भावनामा आधारित आर्थिक सामाजिक गतिविधि प्रवद्र्धन गर्न ग्रामिण विकास अभियान संचालन गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया