आफैँले बोकेको भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

लोकपथ
602
Shares

काठमाडौं । दाङमा भरूवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।

दाङको राजपुर गाउँपालिका–६ अरावरा बस्ने २७ वर्षीय प्रकाश बुढा मतवलाको आफैँले बोकेको भरूवा बन्दुक पड्किँदा बिहीबार राति मृत्यु भएको हो।

प्रकाश बुढा र सोही ठाउँ बस्ने ३० वर्षीय बल बहादुर गिरी जुरापानी सामुदायिक वनस्थित खयरभट्टी जंगलमा शिकार खेल्न गएकोमा प्रकाश बुढाले बोकेको बन्दुक पड्किँदा मृत्यु भएपछि प्रहरीले बल बहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?