काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ ।
बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।
पछिल्लो समय सत्तारुढ दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षिदलहरुसँग उठबस बढाएपछि केन्द्रीय राजनीतिमा तरंग पैदा भएको छ ।
त्यस्तै अर्थमन्त्री वर्षमानपुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया