ट्राफिक नियम उल्लंघनकर्तालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको अंकुश

लोकपथ
399
Shares

काठमाडाैं । ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवानाका साथै सडकमा भोलिन्टियरका रुपमा खटाउने गृहमन्त्रीको निर्णयलाई सर्वोच्चले अंकुश लगाइदिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

कृष्ण विक लगायतका ७ जनाले ट्राफिक कारवाहीमा परेकाहरूलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय र कार्यान्वयन गर्ने ट्राफिक प्रहरी लगायतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरूले गृहमन्त्रीको निर्णय यातनाविरुद्धको महासन्धि विरुद्धको कार्य भएको र कानुनी हैसियत समेत नरहेको भन्दै उक्त निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

मापसे, लेन क्रस लगायतका ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवानासहित ट्राफिक व्यवस्थापनका लागि सडकमा खटाउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चले रोक लगाइदिएसँगै अब यस्ता कारवाहीमा परेकाहरुले सडकमा ट्राफिक भोलिन्टियरको काम गर्नुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?