काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच सोमबार विहान छलफल भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि शीर्ष नेताबीच पहिलो पटक भेटवार्ता र छलफल भएको हो । उनीहरुबीच बजेट र छानबिन समितिको कामकारबाहीबारे छलफल भएको हुनसक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया