अख्तियारद्वारा गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोकपथ
140
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

उनीहरुमाथि सोमबार अख्तियारले ५ वटा फरक–फरक शीर्षकमा १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?