भारतीय लोकसभा निर्वाचन : मोदीभन्दा कांग्रेस आईका उम्मेदवार अगाडि

लोकपथ
3k
Shares
फाइल तस्बिर

काठमाडौं । भारतको लोकसभा निर्वाचनको जारी मतगणनाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी कांग्रेस आईका उम्मेदवारभन्दा पछि परेका छन् ।

भाजपाबाट उत्तर प्रदेशको वाराणसी लोकसभा सिटमा उम्मेदवार रहेका मोदीलाई मतगणनाको करिब डेढ घन्टापछि कांग्रेस आईका अजय रायले पछि पारेका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार, पछिल्लो १० बजेको अपडेट अनुसार उनी १६ सय मतले पछाडि छन् ।

सन् २०१४ देखि उनी यहाँबाट निर्वाचित हुँदै आएका छन् । राय अघिल्लो दुई निर्वाचनमा मोदीसँग पराजित हुँदा तेस्रो स्थानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?