काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ रेकर्ड भएको सुनको मूल्य बुधवार केही घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भए पनि बिहीबार भने पुनः १८ सय रुपैयाँ बढेर तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।
यस्तै महासङ्घका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार २२५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया