काठमाडौं । झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मेचिनगर नगरपालिका–१२ माथिल्लो धाईजनस्थित सडक छेउमा रोकि राखेको को.१ च ७२६४ नम्बरको बोलेरो पिकअपमा मे.७ प ७२८३ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना हुँदा स्कुटमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–५ बस्ने २५ वर्षीय लिला प्रसाद ढुङगेल र सोही स्कुटरमा सवार इलाम रोङ गाउँपालिका–५ घर भएका २९ वर्षीय चेतन रिजाल रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
प्रहरीले हाल फरार बोलेरो चालकको खोजी गर्नुको साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया