उपेन्द्र यादवको रिटको पेसी न्यायाधीशद्वय फुयाँल र श्रेष्ठको इजलासमा

लोकपथ
70
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको पेसी न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ । आज मुद्दाको पेसी चार नम्बरमा रहेको छ ।

यसअघि मंगलबार पनि न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो । जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएको र सो निवेदनका आधारमा आयोगले दल दर्ता गरिदिएको भन्दै अध्यक्ष यादवले निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

साथै उनले आफ्नो दल छाडेर जाने सात सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि यसअघि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् । यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । तर दलको रूपमा काम गर्न भने अदालतको आदेशले रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?