बाल मन्दिर जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ

लोकपथ
140
Shares

काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पूर्वउपाध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको हो ।ब्युरोका एसपी होविन्द्र बोगटीले उनी पक्राउ परेको पुष्टि गरे ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो । २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ । नक्सालमा रहेको करिव २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो । यसरी जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसमध्ये श्रेष्ठ पक्राउ परेका हुन् ।

तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, र मनोहरगोपाल श्रेष्ठविरूद्ध पनि पुर्जी जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?