जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
42
Shares

काठमाडौं । नुवाकोटमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् ।

बिदुर नगरपालिका–७ भित्रीनिटार बस्ने ३२ वर्षीय भुषण बोगटीलाई सोही ठाउँबाट बिहीवार राति प्रहरीले पक्राउ गरेको हो।

भुषणले ती बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय कोलोनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?