घुस रकमसहित बुटवलबाट नापी सर्वेक्षक पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । अख्तियारले घुस रकमसहित नापी सर्वेक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नापी कार्यालय चन्द्रौटाका नापी सर्वेक्षक बेचनप्रसाद यादव रहेका छन् ।

अख्तियारको बुटवल शाखाबाट खटिएका अनुसन्धान अधिकारीले यादवलाई ३५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा शुक्रवार पक्राउ गरेको हो ।

जग्गाको कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी आएपछि पिछा गरेको अख्तियारको टोलीले यादवलाई सेवाग्राहीसँग घुस रकम लिइसकेपछि नियन्त्रणमा लिएको हो ।

यादवको शरीर खानतलासी गर्दा श्रोत नखुलेको थप ५० हजार रुपैयाँसमेत फेला परेको अख्तियारले जनाएको छ ।

उनले सेवाग्राहीको काम गर्ने भन्दै कार्यालय बाहिर गएर घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?