काठमाडौं । नरेन्द्र मोदीले तेस्रो पटक भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् ।
मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ दिलाउँदै छिनु ।
सपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री रहेका छन् । विभागहरू पछि घोषणा गरिनेछ ।
प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरु पनि भारत भारत आएका छन् ।
राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया