काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधिकरण बढेको बताएका छन् । बुधवार नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘राजनीतिमा अपराधिकरण बढेको छ । सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधिकरण छ । अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सीआइबीले दुःख दिने काम गरिरहेका छन् । दल फुटाउन सक्रिय छन् । यस्ता अपराधिकरण थुप्रै बढीरहेको छ,’ उनले भने ।
डा. कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको उल्लेख गर्दै भने, ‘हामी विपक्षमा नै बस्ने हो । सरकारमा जाने कुनै सोच छैन । अन्य दलजस्तो हामीलाई हतारो छैन । आउने भए त्यसै आउँछ । कोशिस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन ।’ उनले देशको राजनीतिक तरल अवस्थामा रहेको उल्लेख गर्दै आठ तहका सरकार डेढ वर्षमा २३ पटक परिवर्तन हुनु दुर्भाग्यपूर्ण भएकाले दलहरुले गम्भीर भएर अघि बढ्नुपर्ने बताए ।
राजनीति र सरकारको स्थीरता बिना आर्थिक विकास र शुसासन कायम नहुने भएकाले स्थिर सरकार बनाउन संविधान परिवर्तन गर्नुपर्ने उनको जोड थियो । नेपाल दुई ठूला देशको विचमा वा जियोपोलिटिक्सको प्रभावमा रहेकाले स्थिर सरकार अत्यावश्यक भएको उनको धारणा थियो ।
अर्को प्रशंगमा डा. कोइरालाले संसदबाट बाफिया ऐन आउन लाग्न लागेको उल्लेख गर्दै एउटै व्यक्ति बैंकर्स, विमाको मालिक, व्यावसायी, उद्यमी हुन नसक्ने, लोकतान्त्रिक नहुने भएकाले यसलाई परिमार्जन गरेर जानुपर्ने औँल्याए ।
उनले नेपाल बैंक लिमिटेड राजनीति र व्यवस्थापकिय कमजोरीका कारण केही समस्या आएको भएपनि नेपालमा ठूला व्यपारिहरुका लागि व्यवसायीक अभिबृद्धिका लागि ठूलो भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले बैंकको भूमिकाको प्रशंसा गर्दै भविष्य उज्वल रहेको औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया