जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकपथ
154
Shares

भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोजपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनमाथि पाँच दिनको म्याद थपेर थप आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?