काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ राकाथुम घर भएका ५३ वर्षीय विर बहादुर तामाङ रहेका छन् ।
ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत रामेछापबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट मंगलबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् कारवाबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया