अर्काको पार्सपोर्टमा नेपाल आउँदा पनि भेउ नै पाउन सकेनन्

लोकपथ
1.7k
Shares

काठमाडौं । अध्ययनका लागि जापान पुगेकी एक नेपाली महिला अर्काको पासपोर्टमा नेपाल आउँदासमेत जापान र नेपाल दुबै देशको अध्यागमन विभागले भेउ पाउन नसकेको खुलासा भएको छ । ती महिलाले प्रयोग गरेको पासपोर्टका वास्तविक हकदारले गरेको उजुरीपछि मात्रै यो तथ्य सार्वजनिक भएको हो ।

अर्काको पासपोर्ट प्रयोग गरी नेपाल आएकी नेपालगन्ज घर भएकी मिरा श्रेष्ठलाई प्रहरीले पक्राउ गरी राहदानीसम्बन्धी मुद्धा चलाएको थियो । पीडित युवतीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । अदालतले राहदानीसम्बन्धी कसुर मुद्दामा उनलाई २० दिन कैद र दुई लाख पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।

चार वर्षअघि जापान गएकी श्रेष्ठको भिसा नियमित कलेज जान नसक्दा रद्ध भएको थियो । दुईवर्षे जापनिज भाषाको कोर्स पूरा गरेपछि उनी जापान युनिभर्सिटी अफ इकोनोमिक्समा चारवर्षे स्नातकका लागि भर्ना भएकी थिइन्  । तर, एक हप्ता कलेज नगएपछि कलेजले अध्यागमनलाई पत्राचार गरी उनको भिसा रद्द गरेको थियो ।

भिसा रद्ध भएपछि साथीको डेरामा गएर बसेकी उनले साथी नभएको बेला उनकै पासपोर्टबाट टिकट काटेर जेठ ७ गते नेपाल आएकी थिइन् । उनलाई बुद्धनगरस्थित साथीको डेराबाट प्रहरीले पक्राउ गरेको हो । नेपाल आएपछि उनले पासपोर्ट च्यातेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?