स्कुलका सटर बन्द नगराउन उच्च अदालतद्वारा महानगरलाई अल्पकालिन आदेश जारी

लोकपथ
385
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकालाई स्कुलका सटरहरु बन्द नगराउन उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनले सामूदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न आदेश काठमाडौं महानगरलाई दिएको हो ।

न्यायाधीश लेखनाथ पौडेलको इजलासले ७ असारसम्मका लागि सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

नगर प्रहरीले व्यवसायीहरुका सटरमा ताला लगाउन थालेपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफल गर्न दुवै पक्षलाई ७ असारमा छलफलका लागि बोलाएको छ ।

महानगरले शैक्षिक कामकारबाहीका लागि उपयोग हुनुपर्ने ठाँउ भाडामा लगाएको भन्दै सामूदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?