ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा बिहीबार राति गएको पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाया, छोरीहरू नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको छ ।
यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार मृतक रामबहादुर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा हुन् । जसमाया उनका कान्छी आमा हुन् ।
रातको समयमा गएको पहिरोले मानवीय क्षति बढी भएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम भइरहेको रावलले बताएका छन् ।
यो ठाउँमा बुधबार रातिदेखि नै भारी वर्षा भएको थियो । अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकामा रहेको ६ वटा पुल पनि बगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया