काठमाडौं । बलिउड स्टार सुशान्त सिंह राजपुत यस धर्तीबाट बिदा भएका आज ४ वर्ष पूरा भएको छ । सुशान्तको निधन भएको ४ वर्ष पछि पनि उनको परिवार, आफन्त र उनका फ्यानहरूले पनि उनलाई सम्झने गर्छन् । सुशान्तले आफ्नो अभिनयले सबैको मन यति धेरै जितेका थिए कि उनले यस संसार छोड्दा सबैका आँखा रसाएको थियो ।
सुशान्तको मृत्युको कारण भने आज पनि रहस्यको गर्भमा रहेको छ । १४ जुन २०२० मा सुशान्त सिंहको मृत्युको खबर आएको थियो । सुशान्तको शव मुम्बईको बान्द्रास्थित फटेलमा भेटिएको थियो । मुम्बई प्रहरीले सुशान्तको मृत्युको कारण आत्मह*त्या भएको बताएको थियो तर सुशान्तको परिवारले उनको हत्या भएको वा सुशान्तलाई जबरजस्ती गरेको बताएका थिए ।
फ्यान र परिवारबाट ठूलो माग भएपछि भारतीय सरकारले यो मुद्दा सीबीआईलाई सुम्पेको थियो। जब सीबीआईले अझै अनुसन्धान गरिरहेको थियो, मुद्दा एनसीबी तिर मोडियो । यसपछि प्रमाणको आधारमा एनसीबीले धेरै सेलिब्रेटीसँग सोधपुछ गर्यो । सुशान्तको केसमा के भएको थियो भन्ने अझै रहस्य नै छ । सुशान्तको परिवार र फ्यानले अझै न्यायको माग गरिरहेका छन् ।
सुशान्तको जन्म २१ जनवरी १९८६ मा पटनामा भएको थियो । सुशान्त पाँच दाजुभाइमध्ये कान्छो थिए। सुशान्तले टेलिभिजन सिरियलबाट आफ्नो करियर सुरु गरेका थिए । उनको पहिलो शो सन् २००८ मा स्टार प्लसको रोमान्टिक ड्रामा ‘किस देश मे है मेरा दिल’ थियो, त्यसपछि उनले जी टिभीको लोकप्रिय शो ‘पवित्र रिश्ता’ बाट प्रसिद्धि हासिल गरे। उनले २०१३ मा आएको फिल्म ‘के पो चे’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । त्यसपछि उनले ‘शुद्ध देसी रोमान्स’, ‘पीके’, ‘डिटेक्टिव ब्योमकेश बक्शी’मा काम गरे। २०१६मा फिल्म ‘एमएस ‘धोनीः द अनटोल्ड स्टोरी’ मा उनले महेन्द्र सिंह धोनीको मुख्य भूमिका निभाएका थिए, जसलाई सबैले मन पराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया