काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि उनका सहोदर दाइ हरिशरण लामिछाने फेरि खनिएका छन् । उनलाई मौका पाउँदा नागरिकता नै बेच्नेले राष्ट्रियताको कुरा गर्न नसुहाउने भनि रविमाथि आक्रोश पोखेका छन् । उनले सहकारी ठगी प्रकरणमा रविले पदबाट राजिनामा दिनुपर्ने पनि बताएका छन् । साथै भाइ रविको व्यवहारका कारण परिवारकै बेइज्जत भएको बताएका छन । उनले भाइ रविले सारा देशवासीलाई बेवकुफ बनाएको पनि उनको भनाइ छ । रविले आईए पास गरेको भने पनि उनीसँग त्यसको सर्टिफिकेट रहेकोमा पनि दाइ हरिशरणले आशंका व्यक्त गरेका छन् । उनले रविले अमेरिका हुँदा स्यान्डविच बेच्ने गरेको पनि बताएका छन् ।
नेपाल प्रेस डटकमसँगको एक अन्तर्वार्तामा उनले भाइ रविमाथि इंगित गर्दै भनेका छन्, ‘मौका पाउँदा नागरिकता नै बेचेर जानेले के राष्ट्रियताको कुरा गर्ने ? यस्ता देश बेचुवालाई म भाइ पनि भन्न चाहन्न । मौका पाउँदा नागरिकता नै बेचेर जान सक्छ भने उसले के राष्ट्रियताको कुरा गर्ने ? शक्तिको आडमा आफ्नो सारा इभिडेन्सहरु लुकाउने र मेटाउने कुरा गर्छ भने ऊ कसरी राष्ट्रप्रेमी ? कानून सबैलाई बराबरी होइन रु नयाँ शक्ति आएको भनेर पब्लिकले सपोर्ट गरेको छ । हामी त कोही पनि होइनौं, गँवार हौं । एसएलसीभन्दा माथि सर्टिफिकेट देखाउन सक्छ कि सक्दैन हेर्नुस् एकचोटि । वेबसाइटमा राख्या छ कि छैन ? आईए पास गरेकोमा डाउट छ ।’
हरिशरण लामिछानेको सञ्चार क्षेत्रमा आफ्नै नाम छ । उनी रेडियो नेपालका पुराना समाचारवाचक हुन् । ३५ वर्षदेखि रेडियो नेपालमा कार्यरत उनी असारबाट रिटायर्ड हुँदैछन् । त्यसपछि राजनीतिमा होमिने उनको योजना रहेको छ । सहोदर दाजुभाइ भएपनि उनले बेला बेलामा भाइ रविमाथि आक्रोश पोख्दै आएका छन् ।
सहकारी ठगी प्रकरणलाई लिएर उनले भनेका छन्, ‘रविले अब पूरै सरेन्डर गर्नुपर्छ । ममाथि छानबिन गर भनेर सबै छोड्नुप-यो । म डेमोक्रेट हुँ भनेरमात्र हुन्छ रु व्यवहारमा उतार्न सक्नुप-यो नि, आफू बच्न जबरजस्ती रातारात समीकरणहरु बदलेर, जनतालाई झूटा आश्वासन दिएर, देशलाई गुमराहमा राखेर तिगडम गर्नु जरुरी छ ? अरु मान्छे छैनन् यहाँ ? यो तरिका भएन । समीकरण मिलाउने अंकगणितका लागि जन्मेको हो रास्वपा रु प्रचण्ड र ओलीको तेल लगाउन बनेको पार्टी हो ? जनताले म्यान्डेट त्यसैका लागि देको हो ? सरासर धोकाधडी भइरहेको छ जनतालाई । उसले ठगी ग-यो कि गरेन भन्ने त छानबिनबाट देखिएला नि, त्यत्रो सहकारीको पैसा ग्यालेक्सी टेलिभिजनमा हाल्या होइन र ? ह्वाट इज त सोर्स अफ द मनी ? जीबी राईसँग पार्टनरसीप गरेकै हो नि, मान्छेको अर्बौं रुपैयाँ डुबेको छ । जिम्मेवारी त लिनुप-यो नि, अमेरिकामा बसेर आएँ भन्दैमा नेपालको संविधान नलाग्ने हो र उसलाई ? उसले सरेन्डर गर्नुपर्छ । हि ह्याज टु सरेन्डर । उससित राजनीति गर्ने नैतिकता छ भने सरेन्डर गर्नुपर्छ, होइन भने पतन हुन्छ ।’
उनले भनेका छन्, ‘अहिलेको प्रक्रिया, बाटो, काम गराइ केही पनि चित्तबुझ्दो छैन । जनतालाई सोध्दा हुन्छ । फेक नाममा सोसल मिडियामा आफ्ना पाल्तु कुकुरहरु पालेर १० किसिमका गाली गर्ने काम भएको छ । नेपाली सञ्चारमाध्यममाथि नचाहिँदो आवेश पोख्ने काम भएको छ । यसैका लागि लडेर ल्याएको हो लोकतन्त्र ? उसले ल्याएको हो डेमोक्रेसी ? स्यान्डविच बेचेर यो देशमा प्रजातन्त्र आएको हो ? जुन तत्वसँग पैंठाजोरी खेल्नुपथ्र्यो, जुन कुराको विरोध गर्नुपथ्र्यो, त्यसैका टाङमुनि छिर्ने कस्तो सिद्धान्त हो यो ? यस्तो सिद्धान्तलाई कसैले स्वीकार गर्नसक्छ ? म दाइभाइ भनेर स्वीकार गर्दिनँ । ल, म पनि परिवारवादको विरोधी । ऊसित मेरो लेनादेना छैन, तर प्रक्रियागत रुपमा नेपालीलाई अत्यन्त ठूलो धोका भइरहेको छ ।’
उनले अघि भनेका छन्, ‘अमेरिका गएर स्यान्डविच बेच्नेले देश हाँक्नसक्छ कि सक्दैन ? मान्छे अमेरिका जाँदैमा विद्वान हुने हो र ? के काम ग-यो ? कुन युनिभर्सिटीमा पढ्यो ? मेरो छोरो अमेरिकामा आईएमएफमा पीएचडी गरेको डाक्टर छ । यसरी मैले परिवारलाई हुर्काएको छु । धेरै माथिल्लो पोस्टमा बसेर काम गरेको छु, तर नेपालको नागरिकता छोडेको छैन । यस्ता देश बेचुवालाई म भाइ भन्न चाहन्नँ । आई डन्ट वान्ट, टसल पर्छ भने परोस् । कुस्ती खेल्नुपर्ने होइन । विचारको द्वन्द्व हो । मेरो लजिकमा म एकदमै सही छु ।’
उनले अन्तर्वार्तामा रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि प्रहार गरेका छन् । उनले भनेका छन्, ‘नयाँ फोर्स आयो भनेका थियौं, तर यो फोर्स चाहिँ काम न काजको र अर्थ न बर्थको भयो । यो फोर्सले परिवर्तनलाई अवरुद्ध गरिरहेको छ । म पहिलेदेखि नै स्वतन्त्र अभियानमा लागेको मान्छे हुँ । स्वतन्त्रको नाममा उसले खोलेको पार्टीले हाम्रो अभियानको सेन्टिमेन्टलाई सिज ग-यो, तर डेलिभरी दिन सकेन । हावा गफ धेरै भयो । झूटको खेती धेरै भयो । नयाँ जेनरेसनलाई यही कुरा सिकाउने हो भने त्यो बहुतै गलत हुन्छ ।’
उनले भाइ रवि एकपछि अर्को काण्डमा जोडिएको भन्दै आक्रोश पनि पोखेका छन्, ‘यहाँ कुनै दाइभाइको कुरा छैन । एकपछि अर्को काण्ड, अनेक किसिमका लफडा, जालसाँझी, यस्ता कुरालाई राखेर कसैले गर्व गर्नु जरुरी छैन । म परिवारको सदस्य हो, तर मलाई गर्व होइन, लाज लागेको छ ।’
उनले रवि लामिछाने आफूलाई भेट्दा तर्केर भाग्ने गरेको पनि आरोप लगाएका छन् । उनले भनेका छन्, ‘मसित भेटियो कि तर्केर हिँड्छ । मसित तर्क गर्न सक्दैन । किनभने ऊ गलत छ ।’
उनले आफ्नो भाइ यति छिट्टै किन पतित भो भनेर चिन्ता पनि जाहेर गरेका छन् । ‘मेरो पनि नाम जोडियो, बुवाको नाम जोडियो । कसले गर्दा रु नयाँ नयाँ फन्डा देखाएरमात्र हुन्छ ? मापसे गर्नेलाई सडकमा ट्राफिकको काम लगाउन कुन कानूनले दिन्छ ? मन्त्री भएँ भन्दैमा आदेश दिएर चल्ने जंगबहादुरको समय हो ? बरु सक्छौ भने कु गरेर देखाउ । शासन हत्याउने मन छ भने प्रचण्डलाई थुनेर कु गर न, अनि म मान्छु मेरो भाइलाई । आँट छ ? नैतिकता छ ?’
हरिशरणले आज शुक्रबार बिहानै फेसबुकमा एउटा स्टाटस लेखेर आफू पनि राजनीतिमा आउन लागेको संकेत गरेका छन् । त्यसमा उनले लेखेका छन्, ‘बालेन, हर्क, गोपी अनि हरिशरण, बन्नेछ एक दिन यो देशमा नयाँ र भव्य समीकरण ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया