कृषि विकास सहकारीका अध्यक्ष थापासहित ४ सञ्चालक पक्राउ

निक्षेपकर्ताको रकम टेलिभिजन र घर जग्गामा लगानी

लोकपथ
427
Shares

काठमाडौं । ललितपुरस्थित कृषि विकास बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो ।

शनिवार थापासहित चार सञ्चालकलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।
निक्षेपकर्ताको २ अर्बभन्दा बढी रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध ललितपुर प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । बिगत ६ महिनादेखि फरार रहेका उनीहरुलाई शनिवार पक्राउ गरिएको हो ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरीमा ६ सय ५० भन्दा बढी निक्षेपकर्ताले अध्यष तेजविक्रम थापासहितका व्यक्तिले ठगी गरेको भन्दै उजुरी गरेका थिए । ६ सय ५० जनाको जाहेरीमा ९५ करोड रुपैयाँ फिर्ता नपाएको र ठगी भएको उल्लेख छ ।


तर अध्यक्ष थापासहितका सञ्चालकहरुले निक्षेपकर्ताको २ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।


थापाले सहकारीको रकम अपचलन गरी कृषि टेलिभिजन, घरजग्गा आदिमा लगानी गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?