काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झण्डै ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंको कपनबाट आइतबार राति सीआईबीले सो परिमाणको सुन र नगदसहित ती चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले ती चिनियाँ नागरिकको विस्तृत विवरण दिइसकेको छैन ।
पक्राउ परेका ती चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति भएको बताइएको छ ।
यस्तै, सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा पनि दुई जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया