६ किलो सुन र ४८ लाख रुपैयाँ नगदसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

लोकपथ
504
Shares

काठमाडौं । ६ किलो सुन र ४८ लाख रुपैयाँ नगदसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकतासमेत फेला परेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी होबिन्द्र बोगटीले काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीमा बस्दै आएका शेरब ग्याल्मो भनिने सोनाम गुरूङलाई पक्राउ गरिएको बताए ।

आइतबार पक्राउ परेका उनले आफू चिनियाँ नागरिक बताएको र उनको कोठाबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकता समेत बरामद बताएको बताए । उनलाई सीआईबीले आज सोमबार सार्वजनिकसमेत गरिसकेको छ ।
बरामद भएको सुनको आधिकारिक तौल र परीक्षण गर्न बाँकी रहेको सीआईबीले जनाएको छ ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा अवैध सुन खरिद बिक्री बापत सुनको भुक्तानी क्रिप्टोकरेन्सी (युएसडिटी) बाट दिने मानिसहरूको खोजी गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?